काठमाडौं। नेपालको छिमेकी देश भारतमा प्याजको भाउ ह्वात्तै उर्लिएको छ। भारतमा अहिले आपूर्ति अभावले गर्दा प्याज किलोकै ८० रुपैयाँ पुगेको छ। हालैका दिनमा प्याजको भाउ बढेको छ।
राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ देखि ८०रुपैयाँबिच किनबेच भइरहेको व्यापारीहरुले बताएका छन्। प्याजको मुल्यो फेरी उर्लियो,भारतमै प्रतिकिलो ८० रुपैयाँ पुग्योखुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ।
यसको प्रभाव नेपालमा पनि पर्ने गर्दछ, जसले गर्दा नेपालमा पनि मुल्य बढ्ने सम्भावना बढेको छ।नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ। नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।