Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महामारी नियन्त्रणमा सरकारको प्रयासबारे के भन्छन् सत्ताधारी नेताहरु?

महामारी नियन्त्रणमा सरकारको प्रयासबारे के भन्छन् सत्ताधारी नेताहरु?

  • शनिवार, आश्विन २४ २०७७

  • 1.3K
    SHARES

  • महामारी नियन्त्रणमा सरकारको प्रयासबारे के भन्छन् सत्ताधारी नेताहरु?

    काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरिरहेका प्रयासहरुप्रति सत्तारुढ दल नेकपाकै नेताहरुले चरम असन्तुष्टि पोखेका छन् । उनीहरुले सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रयत्न गरे पनि त्यो पर्याप्त नरहेको बताएका छन् ।

    नेकपाका नेता रघुजि पन्तले सरकारको साधन श्रोत जति थियो त्यसको भरपुग प्रयोग महामारी निययन्त्रणका लागि हुन नसकेको बताउनुभयो ।
    महामारी निययन्त्रणका लागि सबै पक्षको सहयाग लिएर अघि बढ्नुको साटो सरकारका अधिकांश निर्णयहरु एक पछि अर्काे विवादमा मात्रै तानिएको उहाँको टिप्पणी छ ।

    नेकपाका अर्का एक प्रभावशाली नेता हरिबोल गजुरेलले पनि महामारी नियन्त्रणमा सरकारको प्रयास असफल भएको टिप्पणी गर्नुभयो । विपक्षी दलहरुसहित सबै पक्षसँग मिलेर एकीकृत रुपमा महामारीको सामना गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।


    सत्तारुढ दलभित्र प्रधानमन्त्री केपी ओली निकट मानिने नेताहरुले समेत कोरोना महामारीमा सरकारको प्रयासको आलोचना गरेका छन् । प्रधानमन्त्री निकट मानिने नेता घनश्याम खतिवडाले सरकारले गरेका सम्पूर्ण प्रयास सफल नदेखिएको बताउनुभयो । कोरोना केही होइन भनेर प्रचार गर्ने समूहले पनि महामारी नियन्त्रणको प्रयासमा बाधा पु¥याएको उहाँको आरोप छ ।

    कोरोना महामारी नियन्त्रणमा सरकारको प्रयास पूर्ण रुपमा असफल भएको सत्ताधारी नेताहरुले नै बताइरँदा प्रधानमन्त्री केपी ओली भने सकेजति प्रयास गरिएको र त्यसले सार्थकता पनि पाएको दाबी गरिरहनुहुन्छ ।

    विश्व नै यो महामारीका लागि तयार नरहेका बेला नेपालले गरेको प्रयास प्रंशसायोग्य नै रहेको कतिपय सत्ताका बचाउमा उत्रनेहरु बताउँछन् । तर महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा आएको भ्रष्टाचारको गन्धले सरकारको नियत प्रष्ट पार्छ ।


    शनिवार, आश्विन २४ २०७७०७:४३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij