Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अन्ततः फाइनलमा चुक्यो नेपाल,यूएईले जित्यो त्रिदेशीय टी–२० शृंखलाको उपाधि

अन्ततः फाइनलमा चुक्यो नेपाल,यूएईले जित्यो त्रिदेशीय टी–२० शृंखलाको उपाधि

  • शुक्रवार, कार्तिक १० २०८०

  • 926
    SHARES

  • अन्ततः फाइनलमा चुक्यो नेपाल,यूएईले जित्यो त्रिदेशीय टी–२० शृंखलाको उपाधि

    काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि युनाइटेड अरब इमिरेट्स (यूएई)ले जितेको छ।रोमाञ्चक फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधी जितेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

    पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए। मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए। उनी मात्र ७ रनमा आउट भए।

    आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए।कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८/३ थियो। कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे। दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे।तर, १३औं ओभरमा दुवै आउट भए ।

    रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन्।सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए। करण केसी २३ रनमा अवजित रहे। यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २–२ विकेट रह्यो ।


    शुक्रवार, कार्तिक १० २०८००३:००:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij