Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नवरात्रको अन्तिम दिनः शक्तिपीठहरुमा बलिसहित महानवमी पर्व मनाइयो, पूजा आरधानामा संयमितता नअपनाए आँफैलाई घात हुने शास्त्रीय मान्यता(खासखबर)

नवरात्रको अन्तिम दिनः शक्तिपीठहरुमा बलिसहित महानवमी पर्व मनाइयो, पूजा आरधानामा संयमितता नअपनाए आँफैलाई घात हुने शास्त्रीय मान्यता(खासखबर)

  • सोमवार, कार्तिक ६ २०८०

  • 776
    SHARES

  • नवरात्रको अन्तिम दिनः शक्तिपीठहरुमा बलिसहित महानवमी पर्व मनाइयो, पूजा आरधानामा संयमितता नअपनाए आँफैलाई घात हुने शास्त्रीय मान्यता(खासखबर)

    काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ।नवरात्रको अन्तिम दिन आज सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरी दसैँघर र कोतलगायत मन्दिर र शक्तिपीठमा घटस्थापनाका दिनमा राखिएको जमरा चढाइएको छ भने बोका, हाँस, कुखुरा र राँगाको पञ्चबलि तथा पशुबलि नदिने र शाकाहारीहरुले कुभिण्डो, घिरौँला,मुला,काँक्रो र जटानरिवलको बलि चढाएका छन्।आज हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्ममा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिएको छ।

    आज हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिरसहित देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि आज बिहानैदेखी भक्तजनको भीड लागेको थियो। खास गरेर तलेजु भवानीको मन्दीरमा देबी बर्षभरी बाहिर रहने र यसदिन यहाँ आउने भएकोले दर्शन पाइने र मनोकांक्षा पुरा हुने जनविश्वास रहेको भक्तजनहरु बताउँछन्।

    मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। तर यो पुजा गर्दा तामसिक प्रकृतिको पुजा गर्नुपर्ने शास्त्रिय मान्यता रहेको धर्मशास्त्रविदहरु बताउँछन्।यो पुजामा निकै संयमितता अपनाउनुपर्ने अन्यथा अलिकती मात्रै तलमाथी परेको खण्डमा पनि आफैलाई घात हुने शास्त्रीय बचन छ।

    शास्त्रिय मान्यताअनुसार यदि दुर्गा देवी खुसी भएमा भक्तजनको आयु र आरोग्य वृद्धी हुने, मनोकांक्षा पुरा हुने जनविश्वास छ। यसरी देवी पुजा गरेपछी मात्रै कन्या पुजा गर्नुपर्ने मान्यता छ,भने आजै आफ्ना साधन र बाहन पनि पुजा गर्नुपर्ने मान्यता धर्मसास्त्रविदको भनाई छ।

    नेपालमा यस्ता चाडपर्व, रितिरिवाज, धर्मसँस्कृति, रहनसहन आआफ्नो परम्परा अनुसार धेरै प्रकारका छन्।विगतमा दशैं हिन्दुहरुले मात्रै मनाउने गरेपनि पछिल्लो समय अन्य धर्ममा आस्था राख्नेहरुको आकर्षण देखिन्छ। यसले आपसि सदभाव, मित्रता र भाइचाराको संवन्ध स्थापित गर्नेमा ठुलो भुमिका खेल्दछ।तसर्थ सबै चाडवाडहरु आपसमा मिलेर मनाउने प्रचलनको विकास हुन जरुरी रहेकोले सबै मिलेर दशैं मनाऔं, विजयादशमिको सम्पुर्ण नेपालीजनहरुमा शुभकामना।।

     


    सोमवार, कार्तिक ६ २०८००८:१३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij