Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बडादशैंको आठौँ दिनः पशुबली दिएर महाअष्टमी पर्व मनाईँदै, खसिबोकाको व्यापारमा भने गिरावट(खासखबर)

बडादशैंको आठौँ दिनः पशुबली दिएर महाअष्टमी पर्व मनाईँदै, खसिबोकाको व्यापारमा भने गिरावट(खासखबर)

  • सोमवार, कार्तिक ६ २०८०

  • 645
    SHARES

  • बडादशैंको आठौँ दिनः पशुबली दिएर महाअष्टमी पर्व मनाईँदै, खसिबोकाको व्यापारमा भने गिरावट(खासखबर)

    काठमाडौं। बडादशैंको आठौँ दिन आज, महाअष्टमी पर्व मनाईँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरिन्छ। दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको शास्त्रिय मान्यतानुसार यसदिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशुबली दिईएको छ भने केही स्थानमा भने मध्यरातमा वलि दिनुपर्ने प्रचलनअनुसार तयारी गरिएको छ।

    विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ। सोहीअनुसार आज उपत्यका भित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, दक्षिणकाली, बगलामुखीलगायत देशैभरका शक्तिपिठहरुमा पूजा अर्चनासहित वलि दिइएको छ भने आजैका दिन राति कालरात्रिका रूपमा पशुबलीको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ।

    आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पशुबली दिनुपर्ने धर्मशास्त्रविदहरुको भनाइ छ। इसदिन राज्य सञ्चालकले त झन् प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन पनि छ। त्यसैअनुरुप आज राष्ट्रपति रामचन्द्र पौडेलले पनि काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन र पुजाअर्चना गर्नुभएको छ।

    उहाँले आज नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली लगायतका शक्तिपीठ पुगेर दर्शन पुजा अर्चना गर्नुभयो। महाअष्टमीका दिन आजराति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ।भने पशुवली नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाउने प्रचलन छ।कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व रहेको पंडित गोपिचन्द्र अधिकारी बताउनुहुन्छ।

    यसरी हेर्दा बलि दिनैपर्ने अनिवार्य गरिएको जस्तो देखिन्छ। सोहिअनुसार अधिकांश शक्तिपिठमा पनि पशु बलि नै दिने प्रचलन छ। तर यसको पछिल्लो समय पशुबलि दिनु गलत रहेको व्याख्यासमेत गर्ने गरिन्छ। त्यसो भए पशुवलि अनिवार्य होकी अन्य विकल्प पनि हुनसक्छन् त केछ शास्त्रिय मान्यता? फेरी पंडित अधिकारी,

    खास गरेर नेपालमा पशुवलि दिनै पर्छ भन्ने मान्यता एकातिर छ भने अर्कातिर दशैको समयमा माछामासुका लागी घरघरमै खसिबोका च्याँगा ढलाउने प्रैचलन पनि व्याप्त छ। यसले गर्दा अन्य समयको तुलनामा यो समयमा बढी मात्रामा खसिबोका र च्याङ्ग्रा खपत हुने गर्छन्। यसबेला खसिबोका व्यावसायीलाई पनि भ्याई नभ्याई हुने गर्दछ।तर यसपटकको खसिबोकाव्यापार सोचेअनुसार र विगतको जस्तो हुन नसकेको व्यापारी बताउछन्।

    चाडपर्वको समयमा निजी क्षेत्रले मात्रै माग थेग्न नसक्ने हुनाले सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.ले पनि यो समयमा खसिबोकाको व्यापार गर्ने गर्दछ ।तर यसपटक निजी क्षेत्रको तुलनामा खाद्यकै खसिबोका महँगो परेको भन्दै सरकार अझै जिम्मेवार हुन नसकेको उपभोक्ताको गुनासो छ।

    धार्मिक तथा साँस्कृतिक मान्यता एकातिर छ अर्कातिर नेपालमा आफ्नो आयस्रोत भन्दा भड्किलो तरिकाले घरमा सिँगो खसिबोकाको बलि दिने होडबाजि समेत चल्ने गर्दछ। यसले आफ्नै भावी दैनिकी नै प्रभावित हुने गरेको देखिन्छ तसर्थ घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने नेपाली उखानलाई सार्थकता दिउँ आफ्नो अबस्था र हैसियत अनुसार दशै मनाउँ,महान चाड विजयादशमिको शुभकामना ।।


    सोमवार, कार्तिक ६ २०८००५:०९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij