Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र हङकङ खेल्दै

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र हङकङ खेल्दै

  • शनिवार, कार्तिक ४ २०८०

  • 654
    SHARES

  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र हङकङ खेल्दै

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।

    अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा शृङ्खलाको फाइनलमा पुग्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो ।

    यस्तै, दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो ।

    शृङ्खलामा नेपालसहित यूएई र हङकङ समावेश छन् । शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।


    शनिवार, कार्तिक ४ २०८००७:३५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij