Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

  • बिहिवार, कार्तिक २ २०८०

  • 1.0K
    SHARES

  • नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

    काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

    बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा ओपनर आसिफ शेखले ४२ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेल र गुल्सन झा क्रमशः २५ र १४ रनमा अविजित रहे । शीर्ष क्रमका अन्य तीन ब्याटर कुशल भुर्तेल आठ, कुशल मल्ल एक र सन्दीप जोरा तीन रनमा पभेलियन फर्किए ।

    हङकङका इशान खानले तीन विकेट लिए । यासिम मुर्तजाले एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित १९।३ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गरेको थियो ।

    हङकङका यास्मिन मुर्तजाले ३६ रन बनाएका थिए । जिसान अलीले १७ रन थपे । यसबाहेक हङकङका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    हङकङविरुद्ध घातक बलिङ गरेका नेपालका करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले १५ रन खर्चिए । अभिनास बोहरा र सोमपाल कामीले समान दुई विकेट लिए ।

    मौसम ढकाल र कुशल मल्ल समान एक विकेट लिए । शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।

    ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले अब कार्तिक ४ गते पुनः हङकङसँग नै खेल्नेछ । त्यसपछि कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

    प्रतियोगिताको लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


    बिहिवार, कार्तिक २ २०८००२:१५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij