Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यूएईविरुद्ध नेपालको शानदार जित,रोहितको अर्धशतक

यूएईविरुद्ध नेपालको शानदार जित,रोहितको अर्धशतक

  • बुधवार, कार्तिक १ २०८०

  • 1.1K
    SHARES

  • यूएईविरुद्ध नेपालको शानदार जित,रोहितको अर्धशतक

    काठमाडौं। नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ। आज मुलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले। उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए ।

    पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए। ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाएको नेपालको इनिङ्समा कुशल मल्ल ११ रनमा आउट भएका थिए ।यूएईका अल नासिर र निलांश केसवानीले समान एक एक विकेट हात पारेका थिए ।

    पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४०रन बनाएको थियो। नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए। गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट हात पारे।

    टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो। सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन्। नेपालले सिरिजको दोस्रो खेलमा भोलि हङकङसँग खेल्नेछ।


    बुधवार, कार्तिक १ २०८००५:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij