Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै

त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै

  • बुधवार, कार्तिक १ २०८०

  • 736
    SHARES

  • त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाण्डौको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल यूएईसित खेल्ने भएको छ ।  

    टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा यूएई तीन खेलमा विजयी भएको छ । नेपाल र यूएईबीचको खेल दिउँसो १ बजे शुरु हुने छ । 

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् । 


    बुधवार, कार्तिक १ २०८००९:०५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij