Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दशैंका लागी ३ गतेसम्म नयाँ नोट साट्न पाइने, कसले कति पाउँछ साट्न ?

दशैंका लागी ३ गतेसम्म नयाँ नोट साट्न पाइने, कसले कति पाउँछ साट्न ?

  • मंगलवार, आश्विन ३० २०८०

  • 1.8K
    SHARES

  • दशैंका लागी ३ गतेसम्म नयाँ नोट साट्न पाइने, कसले कति पाउँछ साट्न ?

    काठमाडौं। दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई कार्तिक ३ गते सम्म निरन्तरता दिइने भएको छ। नेपाल राष्ट्र बैंकले हिजोदेखि शुरु गरेको नोट सटही सुविधालाई ३ गतेसम्म निरन्तर जारी राख्ने जनाएको छ।

    राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ। विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो।

    नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्रबैंकले गरेको छ। नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही गर्न सकिनेछ।

    काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।


    मंगलवार, आश्विन ३० २०८००६:५९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij