Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसीसी यू—१९ प्रिमियर कप : नेपालले सजिलै हरायो बहराइनलाई

एसीसी यू—१९ प्रिमियर कप : नेपालले सजिलै हरायो बहराइनलाई

  • आइतवार, आश्विन २८ २०८०

  • 903
    SHARES

  • एसीसी यू—१९ प्रिमियर कप : नेपालले सजिलै हरायो बहराइनलाई

    काठमाडौं । बायाँ हाते युवा स्पिनर दीपेश कँडेलको घातक बलिङको सहयोगमा नेपालले एसिसी यू१९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा छ ।

    जितको लागि ७८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११।।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।

    अर्जुन कुमाल ३१ बलमा ५ चौकासहित ३२ रनमा नट आउट रहे । ओपनर दीपक बोहरा ४, उत्तमथापा मगर डक र दीपक प्रसाद डुम्रे एक रनमा आउट भए । बहराइनका अन्स ओबैद सैइदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

    त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७।५ ओभरमा ७७ रनमा अल आउट भएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    उनी दुर्गेशको बलमा बोल्ड आउट भए । एक समय १०।५ ओभरमा १७–४ को दयनीय अवस्थामा पुगेको बहराइनलाई पाँचौं विकेटका लागि हाकिम र अभिनवले १ सय १८ बलमा ४४ रनको साझेदारी गरेका थिए ।

    ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर दीपेश कँडेलले ६ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै आयन ओबैद सैइदलाई ३ रनमा बोल्ड गरे । तीव्र गतिका बलर दुर्गेश गुप्ताले मोहम्मद आदिल नवाज शेर लाल खानलाई शून्यमा बोल्ड गरे । दुर्गेशले साई सार्थक वैद्दराजुलाई २ रनमा उत्तमथापा मगरबाट क्याच आउट गराए ।

    आन्स ओबैद सैइद, विश्वश गुरुमुर्ति र शशांक शेखर शुक्ला शून्यमा आउट भए । नेपालको जितमा दीपेश कँडेलले ९।५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । दीपेश नै खेलको प्लेयर अफ द म्याच चुनिए । तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

    नेपालले पहिलो खेलमा इरानलाई २सय ७४ रनले हराएको थियो । नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।

    प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी अरेविया १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।


    आइतवार, आश्विन २८ २०८००१:२४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij