Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

७ किलो चाँदीको सिक्कासहित एक जना पक्राउ

७ किलो चाँदीको सिक्कासहित एक जना पक्राउ

  • बिहिवार, आश्विन २५ २०८०

  • 764
    SHARES

  • ७ किलो चाँदीको सिक्कासहित एक जना पक्राउ
    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालबाट सशस्त्र प्रहरीले करिब ७ किलो चाँदीको सिक्कासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
     
    बिहीबार(आज) भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । 
     
    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा उल्लेखित परिमाणको ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्का लगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो।
     
    उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ ।


    बिहिवार, आश्विन २५ २०८००५:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij