Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहिवार, आश्विन २५ २०८०

  • 905
    SHARES

  • राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

    प्रवक्ता दाहालका अनुसार बुढाथोकी क्षेत्रीको सर्टिफिकेट छानबिन गरी पाउँ भन्दै आयोगमा उजुरी परेको थियो । 

    सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडियट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ ।

    राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा शुरू नियुक्ति भई वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


    बिहिवार, आश्विन २५ २०८००५:०९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij