Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नेपालीको उद्धार गर्न गएको विमान इजरायल पुग्यो

नेपालीको उद्धार गर्न गएको विमान इजरायल पुग्यो

  • बिहिवार, आश्विन २५ २०८०

  • 710
    SHARES

  • नेपालीको उद्धार गर्न गएको विमान इजरायल पुग्यो
    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद नेपालीको उद्धार गर्न बिहीबार(आज) दिउँसो इजरायल पुग्नुभएको छ । उहाँ आज बिहान नेपाल एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
     
    नेपाल एयरलाइन्सको विमान स्थानीय समयानुसार ११ः२० बजे इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
     
    नेपालीको उद्धार गर्न सरकारले नेपाल एयरलाइन्सको २५० सिट क्षमताको विमान इजरायल पठाउने निर्णय गरेको थियो । सोहीअनुसार उद्धारका निम्ति गएको विमान इजरायलमा अवतरण गरेको हो ।
     
    परराष्ट्रमन्त्री साउदसँग त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारी र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विमानस्थलमै भेटवार्ता गर्ने कार्यक्रम छ ।
     
    विमान दुई घण्टा बेन गुरियन एयरपोर्टमा रहनेछ । त्यसपछि नेपाली विद्यार्थीलाई लिएर विमान आजै राति करिब सवा ९ बजे काठमाडौंमा अवतरण गर्नेछ ।
     


    बिहिवार, आश्विन २५ २०८००२:३३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij