Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसद्धारा हिमाल आरोही तथा पत्रकार श्रेष्ठलाई सम्मान

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसद्धारा हिमाल आरोही तथा पत्रकार श्रेष्ठलाई सम्मान

आठ हजार मिटर माथीका बांकी ६ हिमाल आरोहण गर्ने श्रेष्ठको योजना
  • बुधवार, आश्विन २४ २०८०

  • 931
    SHARES

  • डिल्लीबजार कन्या बहुमुखी क्याम्पसद्धारा हिमाल आरोही तथा  पत्रकार श्रेष्ठलाई सम्मान

    काठमाडौं । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस काठमाण्डौले हिमाल आरोही तथा फोटो पत्रकार पूर्णिमा पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथा सहित पाकिस्तानको केटु हिमाल र नेपालका ८ हजार मिटर अग्ला सात वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठलाई बुधबार क्याम्पसमा आयोजित कार्यक्रमका बीच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रुद्र शर्मा, क्याम्पस प्रमुख अपराजिता अर्याल, क्याम्पसको रिसर्च रिसर्च म्याजेन्मेन्ट सेलका संयोजक प्रा.डा जयन्तनाथ खनालले सम्मान गर्नु भएको थियो ।

    गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–९ मा जन्मिएकी श्रेष्ठले हालै २०२३ सेम्टेम्बर २६ (२०८० असोज ९) गते विना अक्सिजन मनास्लु हिमालको दोस्रो पटक पटक सफल आरोहण गरेर फर्किनु भएको हो ।

    उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो फोटो पत्रकार समेत हुनुहुन्छ भने अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ ।

    उहाँले गतवर्ष वैशाख ३ गते ८ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनु भको थियो । यस्तै उहाँले २०२३ जुलाई २७ (२०८० साउन ११ मा) पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटू हिमाल आरोहण गर्नुभएको थियो । केटु सगरमाथा पछिको दोस्रो अग्लो हिमाल हो ।

    २०७९ जेठ २० गते नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सक्नुभएकी श्रेष्ठले सन् २०१७ (सेप्टेम्बर २६) मा पहिलोपल्ट आठ हजार १६३ मिटरको मनास्लु हिमाल, सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) , सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) र २०१९ नोभेम्बर १० मा आमादब्लम हिमाल (६,८१० मिटर ) को सफल आरोहण गर्नुभएको थियो ।

    यस्तै २०२१ को १ अक्टोबरमा धौलागिरि (८,१६७ मिटर) र २०२२ को मे मा कञ्चनजङ्घा (८,५८६ मिटर), सन् २०२२ मे १६ मा ल्होत्से (८,५१६ मिटर) र २०२२ मे २७ मा मकालु (८,४८१ मिटर) को सफल आरोहण गर्नुभएको थियो ।

    सम्मान कार्यक्रममा बोल्दै आरोही श्रेष्ठले हिमाल आरोहण चुनौती र रोमाञ्चकतासंगै देश चिनाउने अभियान र नारी शसशक्तिकरणको अभियान भएको बताउनुभयो ।

    उहाँले ८ हजार मिटर माथीका बांकी ६ वटा हिमाल आरोहण गरी आठ हजार मिटर माथीका १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी समेत दिनुभयो। ‘नारीहरुलाई समाजमा हेर्ने दृष्किोण फरक छ । कतिपय अवस्थामा हामी आफैं पनि यो काम गर्न सक्दैनौ भन्ने पन्छिन खोज्छौं ।

    यी सबै कुरालाई पछाडी राखेर हिम्मत गर्दा चुनौतीका अगाडि विजय र अवसर भेटिन्छ । ’ सम्मान पछि उहाँले भन्नुभयो, । नारी शिक्षाको लागि अग्रणी भूमिका खेल्ने डिल्लीबजार कन्या क्याम्पसले आमन्त्रण गरेर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले सबै नारीहरुलाई शिक्षा संगसैगै आफुले चाहेको केही फरक काम गरेर अघि बढ्न समेत सुझाव दिनुभएको छ ।

    सम्मान कार्यक्रममा बोल्दै क्याम्पस व्यस्थापन समितिका अध्यक्ष डा. रुद्र शर्माले श्रेष्ठको साहस र लगनबाट अन्य नारीहरुले पे्ररणा लिन सक्ने उल्लेख गर्नु भयो । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले नारी शशक्तिकरणमा नै काम गरिरहेको उल्लेख गर्दै आरोही तथा पत्रकार श्रेष्ठको सम्मान पनि त्यसैको एउटा कडी भएको बताउनु भयो ।

    क्याम्पसको रिसर्च रिसर्च म्याजेन्मेनट सेलका संयोजक प्रा.डा जयन्तनाथ खनालले आरोही श्रेष्ठका अहिलेसम्मका आरोहणका लागि बधाई ज्ञापन गर्दे विश्वका अन्य अग्ला हिमाल आरोहणका लागि शुभकामना व्यक्त गर्नु भयो ।

    २०३७ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए,बिबिएम तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी,एमए समाजशास्त्र, तथा एमबीएसको अध्यन हुने गरेको छ । हाल यो क्याम्पसमा करिब ७ सय विद्याथी अध्ययनरत छन् ।

    387483106_3561425924124273_7371045620293126060_n.jpg


    बुधवार, आश्विन २४ २०८००६:०७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij