Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इजरायलमा भएको घटनाप्रति मानवअधिकार आयोगको गम्भीर चासो

इजरायलमा भएको घटनाप्रति मानवअधिकार आयोगको गम्भीर चासो

  • बुधवार, आश्विन २४ २०८०

  • 524
    SHARES

  • इजरायलमा भएको घटनाप्रति मानवअधिकार आयोगको गम्भीर चासो
    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलाको कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी दश जना नेपालीहरूको दुःखद निधन भएको र उद्धारका लागि नेपालीहरूले अनुरोध गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
     
    आयोगले सरकारलाई उद्धार गर्नुपर्ने नेपालीहरूका विषयमा तत्काल उद्धार थाल्नसमेत आग्रह गरेको छ। यस विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भइरहेका प्रयासको प्रशंसा गर्दै सो विषयमा सरकारबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन पत्राचार गरेको छ। 
     
    'विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकहरूको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व हुन्छ। अतः इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरूको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकहरूलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत आयोग अनुरोध गर्दछ'आयोगको पत्रमा भनिएको छ।


    बुधवार, आश्विन २४ २०८००४:४४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij