Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सको विमान दिल्लीको एयरपोर्टमै बिग्रियो

नेपाल एयरलाइन्सको विमान दिल्लीको एयरपोर्टमै बिग्रियो

  • मंगलवार, आश्विन २३ २०८०

  • 1.2K
    SHARES

  • नेपाल एयरलाइन्सको विमान दिल्लीको एयरपोर्टमै बिग्रियो

    काठमाडौं। नेपाल वायुसेवा निगमको जहाज भारतको नयाँ दिल्लीस्थीत एयरपोर्टमै बिग्रिएको छ। आज बिहान नेपालबाट नयाँ दिल्ली गएको विमान बिग्रेपछि नेपाल आउने यात्रु समस्यामा परेका छन्।

    आज विहान नेपालबाट सवा ८ मा दिल्ली गएको उडान नम्बर आरए २०६ को जहाजमा समस्या आएपछि दिल्ली एयरपोर्टमा मर्मत भइरहेको छ। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहान १० बजे नेपाल आउनुपर्ने भएपनि जहाजमा प्राविधिक समस्या आएकोले उडान सारिएको जानकारी दिनुभयो।

    जहाज मर्मतको काम जारी रहेको भन्दै करिब आधा घन्टामा मर्मत सम्पन्न गरी उडानको तयारी भइरहेको उहाँको भनाई छ। तर यात्रुहरुले भने आज तीन पटकसम्म उडान क्यान्सिल गर्दै डिले भएपछि दुःख पाएको साथै एयरलाइन्सका कुनै कर्मचारीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छ।

     


    मंगलवार, आश्विन २३ २०८००४:१३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij