Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात, अस्ट्रेलिया ६ विकेटले पराजित

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात, अस्ट्रेलिया ६ विकेटले पराजित

  • सोमवार, आश्विन २२ २०८०

  • 758
    SHARES

  • विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात, अस्ट्रेलिया ६ विकेटले पराजित
    काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ । एमए चिन्दबरम स्टेडिममा भएको भारत–अस्ट्रेलियाबीचको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । 
     
    पहिला ब्याटिङ रोज्दै अस्ट्रेलियाले ५० ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो। २०० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको भारतले ४१ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । 
     
    सुरुवाती दुई ओभरमै तीन विकेट गुमाएको भारतका लागि विराट कोहली र केएल राहुलले पारी सम्हाल्दै जित दिलाएका हुन् । 
     
    विराटले ८५ रनको योगदान दिए भने राहुलले नटआउट ९७ रन बनाए। अस्ट्रेलियाका लागि स्टीभ स्मिथले सबैभन्दा धेरै ४६ र डेभिड वार्नरले ४१ रनको योगदान दिनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
     


    सोमवार, आश्विन २२ २०८००६:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij