Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस संचालन गर्ने

सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस संचालन गर्ने

  • आइतवार, आश्विन २१ २०८०

  • 1.1K
    SHARES

  • सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस संचालन गर्ने
    काठमाडौं । सशस्त्र प्रहरीले नेपालीहरूको महान् चाडपर्व बडादसैँ, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ ।
     
    चाडपर्वको बेला घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरूको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि संचालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको सशस्त्र प्रहरीको भनाइ छ । 
     
    सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ, भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो । 
     
    बडादसैँको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ । त्यस्तै तिहार र छठ पर्वको अवसरमा संचालन हुने बस समेत कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो । 
     
    चाडपर्वको बेला सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाईहरूमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ ।


    आइतवार, आश्विन २१ २०८००७:२५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij