Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इजरायलमा रहेका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवन रक्षा गर्नू : कांग्रेस

इजरायलमा रहेका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवन रक्षा गर्नू : कांग्रेस

  • आइतवार, आश्विन २१ २०८०

  • 721
    SHARES

  • इजरायलमा रहेका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवन रक्षा गर्नू : कांग्रेस

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले इजरायलमा नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्थाका लागि सरकारसँग माग गरेको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले मित्रराष्ट्र इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी करिब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

    विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

    इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग कांग्रेसले आग्रह गरेको छ।

    अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायल स्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्नु हुन आह्वान समेत गरेको छ।

     


    आइतवार, आश्विन २१ २०८००५:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij