शरद रेग्मी, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ ।
६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,’ छोरा पोषण न्यौपानेले भन्नुभयो, ‘अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिदिए ।’