Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने

  • शुक्रवार, आश्विन १९ २०८०

  • 894
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने
    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार(भोलि) विश्वासको मत लिनुहुने भएको छ ।
     
    मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले भोलि विश्वासको मत लिन लागेको बताउनुभएको हो। उहाँले विश्वासको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताउनुभयो ।
     
    कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताउनुभएको छ । उहाँले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्थाअनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने बताउनुभयो ।
     
    नेकपा एमालेसँग निर्वाचनमा सहकार्य र सत्ता साझेदार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले बहुमत पुर्‍याउने भएमा समर्थन गर्न सकिने यसअघि नै बताउनुभएको थियो । यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाउनुभएको थियो ।
     
    तर यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ । त्यसका लागि गठबन्धन दल नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेको छ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुर्‍याउन नसक्ने अवस्था रहेको छ ।


    शुक्रवार, आश्विन १९ २०८००७:०७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij