काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैंको अग्रीम टिकट खुलाउनुअघि सडक मर्मतसम्भारको ग्यारेन्टी हुनुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले देशभरका सडकहरु खराब रहेकाले जोखि बढि हुने भएको भन्दै पहिलासडक मर्मतसम्भारको ग्यारेन्टी हुनुपर्ने माग गर्नुभएको हो ।
सडकको यस्तो अवस्थामा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउन अफ्ठेरो हुने बताउँदै सिटौलाले अग्रीम टिकटभन्दा ठूलो कुरा सरकारले सडक मर्मतसम्भारको प्रत्याभूति दिने कि नदिने भन्दै प्रश्न समेत गर्नुभयो । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं नजिकिदै छ । दशैं मनाउन अधिकांशले काठमाडौं उपत्यकाबाट बाहिरिन्छन् ।
यस्तै सिटौलाले यातायात मन्त्री प्रकाश ज्वालाले सडक मर्मत सुधार गर भन्दा पैसा छैन भनेको स्म्रण गराउँदै दुर्घटना र समयमै गाडी नपुग्नुको कारणबारे सोचेर सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभएको छ । भाडाको विषयमा भने यातायात व्यवसायीविरुद्ध अनर्गल प्रचार भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।