काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकले गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा कायम भएको छ।
यसदिन बजारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर खरिदबिक्री हुदाँ १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, आज बराही हाइड्रोपावर पब्लिक लिमिटेड, इस्ट्रन हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था र प्रोग्रेसीभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने इन्फिनीटी लघुवित्त वित्तीय संस्था, मध्य भोटेकाकेशी जलविद्युत कम्पनी र सीवाईसी नेपाली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यसैगरी, कारोबारका आधारमा सिजिन्स लाईफ इन्स्योरेन्स कम्पनी ४ करोड ४३ लाख रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ । बिहीबार बजार पूँजीकरण २९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ ।