Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक दिवसिय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदै

एक दिवसिय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदै

  • बिहिवार, आश्विन १८ २०८०

  • 1.0K
    SHARES

  • एक दिवसिय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदै

    काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ ।

    प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउसो सवा दुई बजे यो खेल सुरु हुनेछ ।

    एक दिवसिय विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागि छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेदरल्याण्ड्सले समुह चरणमा राउण्ड रोबिन लिग खेल्नेछन् । शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    प्रतियोगिता ४५ दिनसम्म चल्नेछ । क्यारेबीयन टोली वेष्ड इंडीज पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ । भारतले एक्लै प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो ।

    यसअघि सन् १९८७, १९९६ र २०११ मा दक्षिण एसियाका अन्य देशहरुसँग मिलेर भारतले विश्वकप आयोजना गरेको थियो । एक दिवसिय विश्वकप क्रिकेटको साविक विजेता इंग्ल्याण्ड हो भने ५ उपाधिसहित अष्ट्रेलिया सर्वाधिक सफल टोली हो ।

    विश्वकपको सन् २०२७ मा हुने अर्को संस्करणदेखि १४ टोली सहभागि हुनेछन् ।


    बिहिवार, आश्विन १८ २०८००८:५२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij