Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट छैन:  मन्त्री ज्वाला

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट छैन:  मन्त्री ज्वाला

  • बुधवार, आश्विन १७ २०८०

  • 534
    SHARES

  • चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट छैन:  मन्त्री ज्वाला
    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । 
     
    बजेटको अभावका कारण दसैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ थियो। बुधबार(आज) संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेलासमेत रहेको बताउनुभयो। 
     
    भएको स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको मन्त्री ज्वालाको भनाइ छ। उहाँले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दसैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
     
    यस्तै दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिनुभयो। उहाँले जथाभाबी भाडा लिएर यात्रुहरूलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो। 
     
    यात्रुहरूलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उहाँको भनाइ छ। उहाँले दसैँअघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको जानकारी दिनुभयो। 
     
    बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताउनुभयो। उहाँले यात्रुहरूलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभयो। 
     
    सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गर्नुभयो। उहाँले एउटै परियोजनामा अर्ब बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।


    बुधवार, आश्विन १७ २०८००५:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij