काठमाडौं। प्रतिकूल मौसमका कारण आज हवाई उडान प्रभावित बनेको छ ।
विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।
भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ । बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् ।
निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।
देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।