Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालगन्जमा कर्फ्यु , धार्मिक सद्भाव कायम राख्न सांसद जबराको आग्रह

नेपालगन्जमा कर्फ्यु , धार्मिक सद्भाव कायम राख्न सांसद जबराको आग्रह

  • मंगलवार, आश्विन १६ २०८०

  • 1.6K
    SHARES

  • नेपालगन्जमा कर्फ्यु , धार्मिक सद्भाव कायम राख्न सांसद जबराको आग्रह

    काठमाडौं। बाँकेको नेपालगन्जमा धार्मिक सद्भाव कायम गरिराख्न सांसद धवलशमशेर जबराले आग्रह गर्नुभएको छ।

    नेपालगन्ज बजारमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु लागेको जानकारी दिँदै राप्रपाका सांसद जबराले कानुन कार्यान्वयनमा पनि सरकारसँग आग्रह गर्नुभएको हो ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद जबराले विशेष समय लिएर बोल्दै सामाजिक सञ्जालमार्फत दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गर्नुभएको छ।

    ’बाँकेको नेपालगन्जमा दुई समुदाय बीचमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, यो हिंसाको घटनाहरू चाहे मधेश प्रदेश होस्, चाहे विभिन्न भागमा होस् तुरुन्तै कन्ट्रोलमा ल्याउनुप¥यो,’ उहाँले भन्न्ुभयो, ’यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो । यसलाई साइबर अपराधमा नियन्त्रण गर्नुप¥यो । चाहे गौहत्या होस्, चाहे हिन्दु–मुसलमान झडपका कुरा होस् ।’

    दुई समुदाय तथा जातीय द्वन्द्व बढाउने सन्देश फैलाउनेहरूलाई साइबर अपराधमा मुद्दा चलाउन सांसद जबराले माग गर्नुभएको छ।
    शान्तिपूर्ण रूपमा सबैलाई विरोध तथा असन्तुष्टि जाहेर गर्न पाइने तर उग्र हिंसाको बाटो अंगाल्नु ठिक नभएको सांसद जबराको भनाइ थियो ।

     


    मंगलवार, आश्विन १६ २०८००१:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij