Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • आइतवार, आश्विन १४ २०८०

  • 1.0K
    SHARES

  • अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
    काठमाडौं अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिनुभएको हो।
     
    आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । 
     
    पक्राउपछि उनलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए । 
     
    अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 
     
    अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ ।


    आइतवार, आश्विन १४ २०८००७:२९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij