Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनमोल केसीलाई म्याद थपका लागि लगियो 

अनमोल केसीलाई म्याद थपका लागि लगियो 

  • आइतवार, आश्विन १४ २०८०

  • 1.5K
    SHARES

  • अनमोल केसीलाई म्याद थपका लागि लगियो 
    काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन अघि सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । 
     
    आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।
     
    अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्। 


    आइतवार, आश्विन १४ २०८००४:४२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij