काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ। साताको पहिलो सेयर कारोबारकै दिन आज नेप्से ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स पनि ५.५५ अंकले घटेर ३७७.३९ विन्दुमा पुगेको छ।
आज २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिद बिक्री भएको छ।आज सप्तरी हाइड्रोपावरको मात्रै सेयर १० प्रतिशतले बढेको छ।
आज करिब ६ कम्पनीको सेयर १० प्रतिशतले घट्यो।कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ।हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको हो।