Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

उखु किसानलाई १५ दिनभित्र अनुदान दिन सरकारलाई निर्देशन

उखु किसानलाई १५ दिनभित्र अनुदान दिन सरकारलाई निर्देशन

  • आइतवार, आश्विन १४ २०८०

  • 1.7K
    SHARES

  • उखु किसानलाई १५ दिनभित्र अनुदान दिन सरकारलाई निर्देशन

    काठमाडौं।उखु किसानलाई १५ दिनभित्र अनुदान रकम भुक्तानी दिन सरकारलाई संसदिय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले किसानहरुले उखु बिक्री गरेको पैसा र अनुदान नपाएको भन्दै यस्तो निर्देशन दिएको हो ।

    यसअघि समितिले चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव दिन उपसिमित गठन गरेको थियो। उपसमितिले नेपाल उखु उत्पादक महासंघका प्रतिनिधिहरु र नेपाल चिनी उत्पादक महासंघका प्रतिनिधिहरुसँग छलफल गरेरै समितिलाई प्रतिवेदनसमेत बुझाएको थियो।

    उक्त प्रतिवेदनमा दिईएको सुझावपछि समितिले सरकारले अवलम्बन गरेका योजनाहरुको विवरण, उखु खेतीका लागि आवश्यक पर्ने गुणस्तरीय बीउ, व्यवस्थापन, रासायनिक मल र यान्त्रीकरणका लागि मन्त्रालयबाट भए गरेका कामकारबाहीहरु र उखुको समर्थन मूल्य तोक्न पनि निर्देशन दिएको छ ।

    उपसमितिले उखु उत्पादनका लागि पकेट क्षेत्र मानिने तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र कैलाली जिल्लामा रहेका चिनी मिलहरु र उखु क्षेत्रहरुको स्थलगत अनुगमन गरेको थियो । किसानहरुले उखु बिक्री गरेको पैसा र सरकारले दिने अनुदान पनि नपाएको भन्दै बेला बेलामा आन्दोलन गर्ने गरेका छन् ।

     


    आइतवार, आश्विन १४ २०८००३:३१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij