Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्तो छ प्रधानमन्त्री प्रचण्डको ‘भ्रमण वक्तव्य’ (पूर्णपाठ) 

यस्तो छ प्रधानमन्त्री प्रचण्डको ‘भ्रमण वक्तव्य’ (पूर्णपाठ) 

  • शनिवार, आश्विन १३ २०८०

  • 659
    SHARES

  • यस्तो छ प्रधानमन्त्री प्रचण्डको ‘भ्रमण वक्तव्य’ (पूर्णपाठ) 
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। शनिबार(आज) चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँगको छलफलले नेपाल(चीन सम्बन्धलाई थप उचाइ दिएको बताउनुभयो।
     
    उहाँले सन् २०२६ सम्म नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो।
     
    प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुनुभएको थियो। लगत्तै सेप्टेम्बर २३ देखि ३० सम्म चीन भ्रमणमा सहभागी हुनुभएको थियो। उहाँ अमेरिकाबाट सिधै चीन प्रस्थान गर्नुभएको हो । आज उहाँ स्वदेश फर्किनुभएको हो ।
     


    शनिवार, आश्विन १३ २०८००२:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij