Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साफ यु–१९ च्याम्पियनसिप : उपाधिका लागि भोलि भारत र पाकिस्तान भिड्दै 

साफ यु–१९ च्याम्पियनसिप : उपाधिका लागि भोलि भारत र पाकिस्तान भिड्दै 

  • शुक्रवार, आश्विन १२ २०८०

  • 1.1K
    SHARES

  • साफ यु–१९ च्याम्पियनसिप : उपाधिका लागि भोलि भारत र पाकिस्तान भिड्दै 
    काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप फुटबलको उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्ने भएका छन् । 
     
    फाइनल अघि शुक्रबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरूले अनुभवका आधारमा राम्रो नजिता निकाल्ने दाबी गरेका छन् । 
     
    हरेक खेलमा टिमको फरक–फरक रणनीति हुने र आवश्यक रणनीतिका आधारमा फाइनल खेल्ने दुवै टोलीको भनाइ छ । सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै भारत फाइनलमा पुगेको हो । 
     
    त्यस्तै सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।
     


    शुक्रवार, आश्विन १२ २०८००५:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij