Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशको समस्यालाई छोडेर प्रधानमन्त्री घुमघाममा छन् : ओली

देशको समस्यालाई छोडेर प्रधानमन्त्री घुमघाममा छन् : ओली

  • शुक्रवार, आश्विन १२ २०८०

  • 1.1K
    SHARES

  • देशको समस्यालाई छोडेर प्रधानमन्त्री घुमघाममा छन् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गर्नुभएको छ ।

    शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताउनुभयो ।

    ‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’, ओलीले भन्नुभयो । उहाँले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताउनुभयो ।

    ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताउनुभयो । ओलीले पार्टी सरकारमा जान इच्छुक नरहेको र वर्तमान सरकार ढल्ने उपयुक्त आधार पनि नदेखिएको बताउनुभयो ।

    कोशी प्रदेश अधिवेशनको उद्घाटनका लागि विराटनगर आएका ओलीले सकेसम्म सहमतिमा र नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने बताउनुभयो ।


    शुक्रवार, आश्विन १२ २०८००१:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij