काठमाडौं । १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको छ । रेखा पौडेलले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । दुवै टिमका लागि यो लिग चरणको अन्तिम खेल हो । बंगलादेशले पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।
विनचाउमा भएको खेलमा बंगलादेशले सबिनाको गोलले ४४ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ८२ औं मिनेटमा रेखाले नेपालका लागि गोल गरिन् । दुवै टिम प्रतियोगितामा जितहीन रहे । दुवै टिम जापान र भियतनामविरुद्धको खेलमा पराजित भइसकेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध २–० पराजित भएयता जापानविरुद्धको खेल ८–० ले गुमाएको थियो