काठमाडौं । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ ।
दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको तर अहिलेसम्म निर्णय भइनसकेको उहाँले नेविसंघले गरेको भर्चुअल संवादमा क्रममा बताउनुुभएको हो । विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उहाँको भनाई छ ।
गत वैशाखमा हुने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीले स्थगित भएको थियो।
त्यस्तै कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा परीक्षा गर्न विद्यालयले सक्ने उहाँको भनाइ छ ।
सरकारले विद्यालय, विश्वविद्यालयलगायतमा रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिइसकेको उहाँको भनाइ छ ।