काठमाडौं। ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आफ्नो बार्षिक ईन्ट्रा कप २०२३ (तेस्रो)को आयोजना गरेको छ। नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थापना गरिएको ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका ईन्ट्रा कप २०२३ (तेस्रो)को आयोजना गरेको हो।
फाउण्डेसनका अध्यक्ष दिल्ली अधिकारीले खेलकुदमा सहभागिता प्रबद्र्धन गर्दै समुदाय माझ स्पोर्ट्सम्यानशिपलाई बढावा दिनु ईन्ट्रा कप २०२३ को प्रमुख उद्देश्य रहेको जानकारि दिनु भएको छ। अधिकारीले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भब्य सफलता पश्चात, ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले न्यूयोर्कको रोचेस्टरमा आफ्नो बार्षिक ईन्ट्रा कप २०२३ को आयोजना गरेको जानकारी दिनुभयो।
अध्यक्ष अधिकारीले भन्नुभयो, ‘खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो। खेलको माध्यमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रबद्र्धन समेत कार्यक्रमको उद्देश्य हो।‘
अधिकारिका अनुसार तेस्रो ईन्ट्रा कपको प्रयोजकहरुमा जोर्शिमाल ज्वेलरी,गोल नेपाल डट कम, हर्से स्पाइस रेस्टूराँ एण्ड बार,ओम गोल्ड हाउस मेलिश ज्वेलर्स, पाथिभरा ज्वलेर्स,अल इन वान युनिट,एवान लेन्डिङ टिम, गौतम ईन्स्योरेन्स एजेन्सी रहेका छन्।
त्यसैगरी, तेस्रो ईन्ट्रा कपका सपोर्टर्समा ईन्ट्रा नेशनल फार्मेसी, म्याजिक अफ लभ होमकेयर एलएलसी,स्टार प्लस होम हेल्थ केयर, एलएलसी,होराइजन केयर,जीएचसी,अमेरिकेयर हेल्थ सर्भिसेज आईएनसी,ईन्ट्रानेशनल होम केयर, सेरिनिटी होम हेल्थ एजेन्सी,फिरस्ट्याट नर्सिङ सर्भिसेज एलएलसी रहेका छन्।
तेस्रो ईन्ट्रा कपमा निम्न कार्यक्रम हुनेछन्।
तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३(पूरुष),
तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (महिला),
तेस्रो ईन्ट्रा कप ईन्टरस्टेट सक्कर टूर्नामेन्ट २०२३ (भेटरान),
तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (महिला),
तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (पूरुष)