Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसियाली खेलकुदः आज नेपालले मंगोलियासँग खेल्दै

एसियाली खेलकुदः आज नेपालले मंगोलियासँग खेल्दै

  • बुधवार, आश्विन १० २०८०

  • 659
    SHARES

  • एसियाली खेलकुदः आज नेपालले मंगोलियासँग खेल्दै

    काठमाडौं ।१९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग खेल्दैछ।

    नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान पौने ७ मा सुरु हुनेछ। नेपालसँगको खेलसँगै मंगोलिया पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ।

    नेपाली टिम आइतबारै चीन पुगिसकेको छ। ललित राजवंशी घाइते भएपछि टोलीमा सामेल गरिएका सागर ढकाल मंगलबार मात्रै चीन गएका छन्। यस्तै अदालतले मुद्दा स्थगित गरेपछि सन्दीप लामिछाने पनि त्यसतर्फ गएका छन्।

    समूह एको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ। समूह ए, बी र सीका शीर्ष १–१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन्।


    बुधवार, आश्विन १० २०८००७:०१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij