काठमाडौं । सरकारले दसैँ, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ ।
मंगलबार(आज) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘दसैँ, तिहार र छठ पर्वका लागि २१असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भन्नुभयो, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।’
सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।