Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

  • सोमवार, आश्विन ८ २०८०

  • 1.5K
    SHARES

  • मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

    काठमाडौं । पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४–१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

    खेलमा २–० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयास गरेको थियो । त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो । समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए ।

    ८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो। निराजन धामीले उक्त गोल गरेका थिए। इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाल दबाबमा आएको थियो । नेपालले फाइनल पुग्ने भारत वा भुटानमध्ये एकसँग खेल्ने छ । सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।

     


    सोमवार, आश्विन ८ २०८००३:४४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij