Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसियन गेम्स : २० स्वर्णसहित चीन पहिलो स्थानमा, दोस्रोमा दक्षिण कोरियालाई १४ पदक

एसियन गेम्स : २० स्वर्णसहित चीन पहिलो स्थानमा, दोस्रोमा दक्षिण कोरियालाई १४ पदक

  • सोमवार, आश्विन ८ २०८०

  • 1.5K
    SHARES

  • एसियन गेम्स : २० स्वर्णसहित चीन पहिलो स्थानमा, दोस्रोमा दक्षिण कोरियालाई १४ पदक
    काठमाडौं । चीनको हाङ्जाउमा जारी १९औं एसियाली खेलकुद (एसियन गेम्स) मा अहिलेसम्म १८ वटा देशले पदकको खाता खोलेका छन्। 
     
    २० स्वर्णका साथ चीन पहिलो स्थानमा कायम छ। चीनले २० स्वर्ण, ७ रजत र ३ कास्यसहित ३० स्वर्ण जितेको छ। 
     
    चीनपछि दक्षिण कोरियाले १४ पदक जितेको छ। कोरियाले ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको छ। जापानले २ स्वर्ण, ७ रजत र ५ कास्य गरी १४ पदक जितेको छ। 
     
    हङकङले २ स्वर्ण र ५ कास्य गरी ७ पदक जितेको छ। उज्बेकिस्तानले १ स्वर्ण, ३–३ रजत र कास्य गरी ७ पदक जितेको छ। चाइनिज ताइपेइले १ स्वर्ण, १ रजत, २ कास्य गरी ४ पदको जितेको छ। 
     
    भारतले भने अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। भारतले ३ रजत र २ कास्य गरी ५ पदक जितेको छ। इन्डोनेसियाले १ रजत र ३ कास्य गरी ४ पदक जितेको छ। 
     
    मंगोलियाले १ रजत र २ कास्य गरी ३ पदक जितेको छ। इरानले १ रजत र १ कास्य गरी २ पदक जितेको छ। कजाकस्तान १ रजत र १ कास्य गरी २ पदक जितेको छ। 
     
    संयुक्त अरब ईमिरेट्स (यूएई)ले १ रजत र १ कास्य गरी २ पदक जितेको छ। ब्रुनाइले १ रजत पदक जितेको छ। भियतनामले २ कास्य पदक जितेको छ। मकाउले १ कास्य पदक जितेको छ। फिलिपिन्सले १ कास्य पदक जितेको छ। उत्तर कोरियाले १ कास्य पदक जितेको छ। थाइल्याण्डले पनि १ कास्य पदक जितेको छ। 
     
    प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ। नेपालको प्रदर्शन भने कमजोर देखिएको छ।  


    सोमवार, आश्विन ८ २०८००७:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij