Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, आश्विन ८ २०८०

  • 583
    SHARES

  • चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार(आज) महत्त्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ। 
     
    द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले आज चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। 
     
    बेइजिङमा भेटवार्ताहरूपछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।  
     
    त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ। तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किनुहुने छ। 


    सोमवार, आश्विन ८ २०८००७:१९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij