Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिग : लिभरपुल विजयी हुँदा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग : लिभरपुल विजयी हुँदा चेल्सी पराजित

  • सोमवार, आश्विन ८ २०८०

  • 467
    SHARES

  • इंग्लिस प्रिमियर लिग : लिभरपुल विजयी हुँदा चेल्सी पराजित
    काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३—१ ले पराजित गर्दा चेल्सी एस्टन भिल्लासँग ०—१ ले पराजित भयो ।
     
    भिल्लाका लागि ओली वाटकिन्सले ७३औं मिनेटमा एक मात्र निर्णायक गोल गरे । 
     
    लिभरपुलका लागि मोहम्मद सलाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक(एक गोल गरे । वेस्ट ह्यामका लागि जरोड बोवेनले एक सान्त्वना गोल गरेका हुन् ।
     
    गएराति नै आर्सनल र टोटेनहमको खेल पनि २२ गोलको बराबरीमा टुंगियो ।  न्युक्यासलले शेफिल्ड युनाइटेड माथि ८—० जित दर्ता गरेको थियो । 


    सोमवार, आश्विन ८ २०८००६:३६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij