Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु

  • बुधवार, आश्विन २१ २०७७

  • 1.0K
    SHARES

  • जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु


    जाजरकोट – जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

    दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए।

    दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको परिचयन खुलेको छैन।

    जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट परालेतर्फ जाँदै गरेका अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डीएसपी श्रेष्ठले बताए।

    घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए।


    बुधवार, आश्विन २१ २०७७०६:०६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij