Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी दर्ता

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी दर्ता

  • शनिवार, आश्विन ६ २०८०

  • 1.8K
    SHARES

  • क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।

    पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यवहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।

    मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

    यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् ।

    चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि १७ सदस्य समितिकै चुनाव गरिएको हो ।

     


    शनिवार, आश्विन ६ २०८००१:३२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij