Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

  • शनिवार, आश्विन ६ २०८०

  • 573
    SHARES

  • क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनु भएको छ ।

    क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भईरहेको बेला चन्द निर्विरोध हुनु भएको हो । उहाँकोविरुद्ध उम्मेदवारी दिने तयारी गर्नुभएका विनय राजभण्डारीले उम्मेवारी नै नहालेपछि चन्द निर्विरोध हुनुभएको हो ।


    नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा उम्मेदवारी दिनुभएको छ । खड्काकोविरुद्ध प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ । कुल ८५ मतदाता रहेकोमा प्रतिनिधि छनौटमा विवाद भएकाले झापाको मताधिकार काटिएको छ ।

    जसका कारण कुल मतसंख्या ८४ मात्रै कायम गरिएको छ । कुनै पनि पदमा जित्नका लागि न्युनतम ४३ मत आवश्यक पर्ने भएको छ ।


    शनिवार, आश्विन ६ २०८०११:५९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij