Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१९औँ एसियाली खेलकुदको आज चीनको हान्झाउमा उद्घाटन हुँदै

१९औँ एसियाली खेलकुदको आज चीनको हान्झाउमा उद्घाटन हुँदै

  • शनिवार, आश्विन ६ २०८०

  • 570
    SHARES

  • १९औँ एसियाली खेलकुदको आज चीनको हान्झाउमा उद्घाटन हुँदै

    काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन आज चीनको हान्झाउ सहरमा हुँदैछ । केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो ।

    प्रतियोगिताको उद्घाटन चीनका राष्ट्रपति सी जीनपिङले गर्नुहुनेछ । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । आज हुने उद्घाटन समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ । हर्ट टु हर्ट एट फ्युचर अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म मूल नारा रहेको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

    उद्घाटन समारोमा हुने मार्चपासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले बोक्ने भएका छन् ।


    शनिवार, आश्विन ६ २०८००७:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij