Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियाली सुरु, ४४ अंकले बढ्यो नेप्से

सेयर बजारमा हरियाली सुरु, ४४ अंकले बढ्यो नेप्से

  • बिहिवार, आश्विन ४ २०८०

  • 932
    SHARES

  • सेयर बजारमा हरियाली सुरु, ४४ अंकले बढ्यो नेप्से

    काठमाडौं। सेयर कारोबार परिससुचक नेप्सेमा आज केही हरियालि छाएको छ । साताको अन्तिम दिन बिहीबार आज नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार रकम पनि उच्च वृद्धि भएको छ। नेप्से आज ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुग्दा ३ अर्बमाथिको सेयर कारोबार भएको छ।

    आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको छ। दोहोरो अंकले बढेको सेयर बजारमा करिब १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढि मूल्यको कारोबार भयो।कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

    हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ। फाइनान्स उपसमूहको ४ प्रतिशत र डेभलपमेन्ट बैंककको ३ प्रतिशत बढीले मूल्य उकालो लागेको हो। आज २१७ कम्पनीको मूल्य बढ्दा ११ को मूल्य घटेको छ।

     


    बिहिवार, आश्विन ४ २०८००४:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij