Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपालको अर्थतन्त्र सुधार्न राज्यको स्ट्रङ पोलिसि अत्यावश्यक छ : जगत बहादुर पोखरेल,अध्यक्ष, माइक्रो फाइनान्स एसोसिएसन नेपाल

नेपालको अर्थतन्त्र सुधार्न राज्यको स्ट्रङ पोलिसि अत्यावश्यक छ : जगत बहादुर पोखरेल,अध्यक्ष, माइक्रो फाइनान्स एसोसिएसन नेपाल

  • मंगलवार, आश्विन २ २०८०

  • 834
    SHARES

  • नेपालको अर्थतन्त्र सुधार्न राज्यको स्ट्रङ पोलिसि अत्यावश्यक छ : जगत बहादुर पोखरेल,अध्यक्ष, माइक्रो फाइनान्स एसोसिएसन नेपाल

    काठमाडौं। धरासयी बनेको नेपालको अर्थतन्त्र राज्यको पोलिसि स्ट्रङ नबनेसम्म सुधार नहुने जानकारहरुले बताएका छन्। माइक्रो फाइनान्स एसोसिएसन नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले पछिल्लो समय देशको अर्थतन्त्र नाजुक बन्दै गएकोले यसलाई सुधार्न राज्यले सबैभन्दा पहिलो स्ट्रङ पोलिसि निर्माणमा ध्यान दिनु पर्ने बताउनु भएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम छलफल चौतारीमा सहभागी अध्यक्ष पोखरेलले अर्थतन्त्र नाजुक बन्दै जानु र राज्यसँग स्ट्रङ पोलिसि नहुनाले यसको असर फाइनान्स क्षेत्रमा देखा परेको बताउनु भयो ।

    यसकारणले गर्दा केहि अराजक समुहले फाइनान्सबाट कर्जा लिने र नतिर्ने गतिविधीलाई प्रसय दिँदा चुनौति सृजना भएको बताउनु भयो। बैङ्किङ्ग सेवा नपुगेका विकट तथा दुर्गम ग्रामिण क्षेत्रमा समेत पुगेर सेवा दिइरहेका फाइनान्स क्षेत्रलाई यस्ता अराजक समुहले समस्या सृजना गरेको उहाँले बताउनुभयो ।

    यद्यपी पछिल्लोसमय स्थानिय सरकारले केहि सहजिकरण गर्न सुरु गरेकोले केहि त्यसता अराजकहरुलाई कारबाहिको दायरामा ल्याउन भने सफल भएको पोखरेलको भनाई छ। पोखरेलले फाइनान्स क्षेत्रका अन्य समस्या समाधानमा पनि राज्य चनाखो नबनेको खण्डमा राज्यले अपेक्षा गरेको राजस्व संकलनमै समस्या हुने बताउनु भयो ।


    मंगलवार, आश्विन २ २०८००६:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij